दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू र एमालेका उम्मेदवार पूर्वमन्त्री गणेश ठगुन्नाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार समेत रहेका बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री झिनो मतान्तरले अग्रस्थानमा छन्। जारी मतगणनामा उनले ७८ मतले अग्रता बनाएका छन्।
१२ हजार ९१८ मत गणना हुँदा बडूले ६ हजार २५१ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा एमालेका गणेश ठगुन्ना ६ हजार १७३ मत सहित बडूलाई पछ्याइरहेका छन्।
192
Shares
प्रतिक्रिया