प्रत्यक्षतर्फ काठमाडौंका झण्डै आधा सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा दोस्रो स्थानको एमालेलाई भन्दा १८ हजार बढी मत आएको छ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाले ६७ हजार ४ मत पाएको छ।
दोस्रो स्थानको एमालेको ४८ हजार ५७४ मत आउँदा कांग्रेसले ४८ हजार २८६ मत पाएको छ।
चौथो स्थानमा राप्रपाले मत पाएको छ। राप्रपाको हलो चुनाव चिन्हमा ४० हजार ४७६ मत आउँदा माओवादीले १२ हजार ८१९ मत मात्रै पाएको छ। हाम्रो नेपाली पार्टीले झण्डै माओवादीको जति मत पाएको छ। माओवादीको समानुपातिकमा १० हजार ३८६ मत आउँदा नेकपा (एकीकृत समाजवादी) ८ हजार ८८९ मत ल्याएको छ।
नेपाल मजदुर किसान पार्टी ६ हजार ७६९ मत, जनता समाजवादी पार्टी २ हजार ८२२ मत पाउँदा सिके राउतको पार्टीलाई ६६१ मत पाएको छ। काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ५ वटामा कांग्रेस, ४ वटामा स्वतन्त्र पार्टी र एउटामा नेकपा एमाले विजयी भएको थियो।
Shares
प्रतिक्रिया