ad ad

राजनीति


प्रचण्डले छाडेको क्षेत्रमा माओवादीलाई प्रदेशसभाको आश

प्रचण्डले छाडेको क्षेत्रमा माओवादीलाई प्रदेशसभाको आश

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १८:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छाडेको चितवन–३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे लगातार अग्रस्थानमा रहँदा प्रदेशसभा ‘ख’ ले भने आशा जगाएको छ। 

भरतपुर महानगरको मतगणना चल्दै गर्दा पछि परिरहेका प्रदेश सभाका माओवादी उम्मेदवार ठाकुर ढकाल माडी क्षेत्रको मतगणना सुरुवात भएसँगै अगाडि देखिएका हुन्। यसले माओवादी पंक्ति आशावादी हुन थालेको हो।

त्यस प्रदेशसभामा माओवादी केन्द्रबाट ठाकुरप्रसाद ढकाल उम्मेदवार छन्, जो माडी नगरपालिकाका पूर्व प्रमुख हुन्। 

मतगणनाको सुरुदेखि नै पछि परिरहेका ढकाल माडीमा मतगणना सुरु भएपछि अगाडि देखिएका छन्।

भरतपुर महानगरपालिकाका सबै वडाहरुमा गणना सकिदा राप्रपाकी उम्मेदवार रिना गुरुङले ढकालमाथि ५ सय ४३ मतको अग्रता बनाएकी थिइन्। 

तर, माडी नगरपालिका–५ को मतगणनामा ढकालले अत्याधिक मतान्तर कायम गरेपछि राप्रपाकी प्रदेश सभा उम्मेदवार १ सय ३३ मतले पछि परेकी छन्। 

पछिल्लो गणना अनुसार ढकालले ११ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् भने राप्रपा उम्मेदवार गुरुङले १२ हजार २ सय १३ मत पाएकी छन्। 

एमाले उम्मेवार सरस्वती विष्ट ७ हजार ४ सय ५३ मतसहित यहाँ तेस्रो स्थानमा छिन्। 

जानकारी अनुसार अब माडी नगरपालिकाका ६, ७, ८ र ९ नं वडा गणना गर्न बाँकी छ। यी वडाहरुमा तीव्र प्रतिस्पर्धाको स्थिति रहे पनि माडीमा ढकालको लोकप्रियताका कारण ढकाल विजयी हुनेमा सत्तागठबन्धनका नेता–कार्यकर्ताहरु आशावादी छन्। 

२०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदका प्रत्यासी ढकालले अन्त्यमा आश्चर्यजनक जित निकालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .