ad ad

राजनीति


मेरो काम सरकार जोगाइदिने हो, यस्तै परे २० पटक मन्त्री बन्छु : दीपक मनाङे

मेरो काम सरकार जोगाइदिने हो, यस्तै परे २० पटक मन्त्री बन्छु : दीपक मनाङे

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १७:१९, काठमाडौँ

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले आफू रहरले नभइ बाध्यताले पटक पटक मन्त्री हुनुपरेको बताएका छन्। 

मंगलबार दिउँसो सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आवश्यक परे २० पटकसम्म पनि मन्त्री बन्नुपर्ने अवस्था रहेको जिकिर गरे। 

‘म यो ६ पटकसम्म कुनै पुरस्कार पाउन मन्त्री भएको होइन। बाध्यता हो नि यार! कांग्रेसको सरकारमा पहिलोपटक आउँदा मलाई यो लामो समयसम्म जान्छ जस्तो लाग्यो। तर सपोर्टर पार्टीहरू आइदिएनन्। नआइदिएपछि म एक्लैले के गर्ने? मेरो काम भनेको त सरकार जोगाइदिने मात्रै त हो। किनभने म पार्टी होइन,’ उनले सञ्चारकर्मीसँग भने। 

साथै, उनले देश मध्यावधिमा जान्छ भन्ने भएपछि आफ्नो जिल्लासमेत बनाउनेगरी मन्त्री बनेको सुनाए। 

‘मध्यावधि चुनावमा जान्छ भनिसकेपछि मैले सोचेँ, लामो राजनीति पनि गर्नुपर्ने होइन, ३/४ वर्ष राम्रो काम गरेँ भने आफ्नो जिल्ला बन्छ,’ उनले भने। 

एउटा दललाई साथ दिँदा अर्को रिसाउने प्रवित्तिले आफू हैरान भएको पनि उनले सुनाएका छन्। 

‘अस्ति एमालेको सरकार थियो, आज कांग्रेसको छ, यसरी फस्ने त हामी हो नि। एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउने, कांग्रेसलाई सपोर्ट गर्दा एमाले रिसाउने रहेछ,’ मनाङेले भने, ‘उनीहरू फुटेको हो नि, हामी होइन त।’

प्रदेशको सत्ता राजनीतिमा देखिएको खेलोफड्को देखेपछि मनाङेले निष्कर्ष सुनाउँदै भने, ‘यसकारण मान्छेले ६ पटक भनेर भन्छ, यस्तै ताल रह्यो भने २० पटकसम्म बन्नुपर्ने बाध्यता छ।’

आफू निर्वाचित भएर आएको जिल्ला (मनाङ) बनिसकेपछि आफूलाई मन्त्रालय पनि नचाहिने उनले सञ्चारकर्मीसमक्ष भनेका भन्। 

‘मेरो जिल्ला राम्रो बनिसकेपछि मलाई यो मन्त्रालय पनि चाहिँदैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .