नेशनल लघुवित्तका सात जना संस्थापक एकै पटक लघुवित्तबाट बाहिरिने भएका छन्।
संस्थापक सेयर स्वामित्व भएका सात जनाले सेयर बिक्री गरेर संस्थाबाट बाहिरिने भएका हुन्।
संस्थाले ४० हजार ९ सय १४ कित्ता सेयर बिक्रीमा राखेको हो।
संस्थाले रत्नबहादुर बस्नेतको नाममा रहेको १५ हजार कित्ता, सीता कार्कीको १० हजार, चक्र प्रसाद खरेल र राम प्रसाद खरेलको ५/५ हजार, गणेशमान मुखियाको २ हजार, इन्द्र प्रसाद शर्माको २ हजार ७७ कित्ता र टठ बहादुर पाण्डेको नाममा रहेको १८ सय ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
संस्थाले ३५ दिनभित्र सस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन आह्वान गरेको छ।
159
Shares
प्रतिक्रिया