ad ad

राजनीति


लुम्बिनी सरकारलाई एमालेको १३ बुँदे ज्ञापन पत्र, सरकारमा बेथिती र अपारदर्शीता बढेको आरोप

लुम्बिनी सरकारलाई एमालेको १३ बुँदे ज्ञापन पत्र, सरकारमा बेथिती र अपारदर्शीता बढेको आरोप

नेपालखबर
मंसिर २६, २०८० मंगलबार ७:४६, लुम्बिनी

एमालेले लुम्बिनी प्रदेश सरकारमा बेथिति र अपारदर्शीता बढेको आरोप लगाएको छ। 

सोमबार प्रदेश सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाउँदै एमालेले दीर्घकालीन महत्त्वका योजना सरकारको प्राथमिकतामा नपरेको तथा अति संवेदनशील क्षेत्रको बजेट रोकिएको भन्दै लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो। 

ज्ञापन पत्रमा एमालेले जनताले विश्वास गर्ने गरी पूर्वाग्रहरहित तरिकाले काम गर्न माग गरेको छ।

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री लीला गिरीको नेतृत्वमा गएका एमाले नेताहरुले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। 

ज्ञापन पत्रमा सरकारको काम गर्ने शैली अपारदर्शी र असन्तुलित रहेको आरोप लगाइएको छ। 

हेर्नुहोस् एमालेले लुम्बिनी प्रदेश सरकारलाई बुझाएको १३ बुँदे ज्ञापन पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .