ad ad

समाज


नेपाल छिर्न खोज्ने तीन बंगाली र एक भारतीय नागरिक पानीट्यांकीबाट पक्राउ

नेपाल छिर्न खोज्ने तीन बंगाली र एक भारतीय नागरिक पानीट्यांकीबाट पक्राउ

शैलेन्द्र समदर्शी
कात्तिक २८, २०७६ बिहिबार ८:३२,

अवैध रूपले भारतहुँदै नेपाल छिर्न खोजीरहेका तीन बंगलादेशी नागरिकसहित एक भारतीयलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको छ।

उनहरुसँगै प्रहरीले एक जना भारतीय नगरिक पनि पक्राउ परेका छन्। ती भारतीय नागरिकले बंगाली नागरिकलाई नेपाल छिर्न सहयोग पु¥याएको एसएसबीले जनाएको छ।

उनीहरु चारै जनालाई भारत–नेपाल सीमा पानीट्यांकीमा एसएसबीको ४१औं बटालियनले नियमित जाँचका क्रममा पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा बंगलादेशी नागरिकहरू २४ वर्षीय मोहम्मद नजमुल, ३३ वर्षीय मोहम्मद मोबिन मियाँ र ३८ वर्षीय वाशिद अली रहेका छन्। त्यस्तै पक्राउ पर्ने भारतीय नागरिकमा पश्चिम बंगाल, कोचबिहारका २३ वर्षीय लिपोन अली रहेका छन्।

मोहम्मद नजमुल बंगलाशको मेमेन्सिघ जिल्लानिवासी रहेको मोहम्मद मोबिन मियाँ र वाशिद अली किसोरघाट निवासी रहेको एसएसबीले जनाएको छ।

पक्राउ परेका चारैजनालाई एसएसबीले थप अनुसन्धानका लागि खोरीबारी प्रहरी चौकीमा सुम्पिएको छ।

एसएसबीका अनुसार तीन बंगलादेशीमध्ये एक जना अवैध रूपमा भारतबाट नेपाल छिर्ने प्रयास गरिरहेका थिए भने दुई भारतीय दलालको सहयोगमा नेपालबाट भारत प्रवेश गर्ने प्रयासमा थिए।

तीनै जना बंगाली नागरिकसँग वैध कुनै कागज–पत्र नरहेको पनि एसएसबीले बताएको छ।

एसएसबी सूत्रका अनुसार केही वर्षयता भारत–नेपाल सीमा पानीट्यांकीको बाटो भएर दुवै देशभित्र बंगाली नागरिकहरूले अवैध प्रवेश बढेकोले यसलाई रोक्न थप सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .