ad ad

समाज


निर्वाचन आएसँगै गृहसचिवपछि प्रहरीका चुनावी कमान्डर पनि फेर्यो सरकारले

निर्वाचन आएसँगै गृहसचिवपछि प्रहरीका चुनावी कमान्डर पनि फेर्यो सरकारले

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०७९ मंगलबार २२:४७, काठमाडौँ

सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको पनि सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो। 

मंसिर ४ को चुनाव नजिकिएसँगै रातारात सरूवा बढुवालाई तीव्र पारेको सरकारले प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रमुख प्रहरी थापालाई गरिएको सरुवा अर्थपूर्ण मानिएको छ। 

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसअघि नै उनी नेतृत्वको केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो। 

तर सेलले काम थालिनसक्दै प्रमुख थापाको सरुवा भएको हो। थापाको सरुवासँगै कार्यविभागमै कार्यरत डीआईजी वसन्त कुँवरले चुनावी कमाण्ड सम्हाल्ने भएका छन्। 

यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो।

उनलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नै पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवा गरेको थियो। 

प्रधानमन्त्री देउवाले समेत विशेष चासो लिएर गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा गृहसचिव र नेपाल प्रहरीका निर्वाचन सेल प्रमुख फेरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .