ad ad

समाज


चाडपर्वका बेला हुने सवारी दुर्घटना न्यूनीकरणका लागि समिति गठन

चाडपर्वका बेला हुने सवारी दुर्घटना न्यूनीकरणका लागि समिति गठन

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १४:५७, काठमाडौँ

सरकारले चाडपर्वका बेला हुने दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिनेगरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका गाडी दुर्घटना तत्काल न्यूनीकरणका लागि आवश्यक निर्देशनसमेत दिन सक्नेगरी समिति बनाउनुपर्ने प्रस्ताव गरेका थिए। 

प्रधानमन्त्री देउवाले चाडपर्वमा नागरिक सहज तरिकाले आफ्नो घरसम्म पुग्न सक्नेगरी यातायात व्यवस्थापन हुनुपर्ने बताएका थिए। 

त्यसपछि मन्त्रिपरिषद् बैठकमा गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य समिति गठन गरिएको हो। 

समितिले गाडी दुर्घटना न्यूनीकरणका लागि के गर्नुपर्छ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने? आम नागरिकलाई सहरबाट गाउँ गाउँसम्म कसरी सुरक्षित रूपमा पुर्‍याउने भन्ने विषयमा अध्ययय गरी सम्बन्धित निकायलाई कार्यान्वयका लागि निर्देशन दिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .