ad ad

समाज


कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको ज्यान गयो

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको ज्यान गयो

नेपालखबर
असोज २०, २०७९ बिहिबार ११:३८, कञ्चनपुर

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

पुनर्वास नगरपालिका-११ अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरका गुड्डु राना र पुनर्वास नगरपालिका–१० विकासबस्तीमा विशाल राना रहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

गुड्डुले चलाएको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा मोटरसाइलमै सवार विशाल पनि गम्भिर घाइते भएका थिए।

उनीहरुको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .