ad ad

समाज


नवलपुर बस दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

नवलपुर बस दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

सुदीप भण्डारी
कात्तिक १३, २०७९ आइतबार ११:२३, बुटवल

नवलपरासी पूर्वमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जना मध्ये एकै परिवारका तीन जना रहेका छन् । 

एकै परिवारका मृत्यु हुनेहरुमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ४१ बर्षीय तारा बिक , १७ बर्षीय विनय विक , ६२ बर्षीय धनी विक रहेका छन्। एकै परिवारका आमा छोरी र भान्जाको मृत्यु भएको हो। उनीहरु मनकामना दर्शन गर्नका लागि हिँडेका थिए।

त्यस्तै, ५८ वर्षीया देवि गाह र स्याङ्गजाको गल्याङ्ग नगरपालिका–९ की ४५ वर्षीया फुलमाया बिकको पनि मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको बुलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको थियो। मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .