बाजुरामा आज बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।
यसअघि बुधबार बिहान मात्र डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भयो।
60
Shares
प्रतिक्रिया