ad ad

समाज


पत्रकारको सवारी साधन तोडफोड गरिएकोप्रति महासंघको आपत्ति

पत्रकारको सवारी साधन तोडफोड गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १६:७, काठमाडौँ

नेपाल पत्रकार महासंघले महासंघ, झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई समाचारको विषयलाई लिएर भएको आक्रमण र घिमिरे सवार सवारी साधनमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ झापा शाखाका अनुसार २०७९ कात्तिक २९ गते बिर्तामोडस्थित पपुलर होटलमा खाजा खान बसेको अवस्थामा पत्रकार घिमिरेमाथि अचानक होटल प्रवेश गरेका स्थानीय नितेश डाँगी नाम गरेका व्यक्तिले ‘समाचार किन लेखेको’ भन्दै सिसाको बोतल प्रहार गर्नुका साथै पत्रकार घिमिरेको सवारी साधनमा ईंटा प्रहार गरी तोडफोड गरेका थिए। 

‘संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी कारबाहीको प्रक्रियामा जान सकिने प्रवाधान हुँदाहुँदै पत्रकारमाथि आक्रमण गरिनु र पत्रकारको सवारी साधन तोडफोड गरिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो’ महासचिव रोसन पुरीले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘महासंघ पत्रकारलाई हतोत्साहित र असुरक्षित बनाउने यस्ता घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .