ad ad

समाज


१४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

१४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार २०:१७, काठमाडौँ

सशस्त्र प्रहरीले सर्लाहीमा १४० किलो अवैध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। 

पानीको कार्टुनभित्र लुकाइ छिपाइ भारत निर्यात गर्न लागिएको उक्त परिमाणको गाँजा बरामद गरिएको एपीएफले जनाएको छ। 

विशेष सूचनाका आधारमा बीओपी मलंगवाबाट खटिएको टोलीले मलंगवा नगरपालिका–११ पेट्रोल पम्पमा बेवारिसे अवस्थामा राखिएको बागमती प्रदेश ३०१–००६ ख १७०४ नं को ट्रकमा सो गाँजा बरामद गरेको हो। 

८० कार्टुन पानीभित्र १४ वटा पोका बनाएर सो गाँजा राखिएको थियो।

बरामद गाँजा र ट्रक आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीलाई बुझाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .