ad ad

समाज


चिसो बढ्दै, कहाँको तापक्रम कति?

चिसो बढ्दै, कहाँको तापक्रम कति?

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ७:२८, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको मौसम पूर्वानमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी  स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

महाशाखाको बुलेटिनअनुसार आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

यसैबीच आज बिहान ६ बजे अगाडिको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेलका महाशाखाले देशका अन्य स्थानका तापक्रम पनि प्रकाशन गर्नेछ। 

हिजो बिहीबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यसप्रकार छ : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .