आजदेखि तीन दिन वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसोचाहिँ प्रदेश १ को हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यसपछि शनिबार रातिसम्म कतै वर्षा तथा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको ३ दिनको मौसम अनुमान यस्तो छ :
पुस २१ गते बिहीबार
राति : प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २२ गते शुक्रबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
राति : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
पुस २३ गते शनिबार
दिउँसो ː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
राति : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौँको तापक्रम
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ। यो बिहान ८ः४५ बजे पुनः अपडेट गरिनेछ र त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ।
Shares
प्रतिक्रिया