ad ad

समाज


प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी पोषराज पोखरेललाई

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी पोषराज पोखरेललाई

नेपालखबर
माघ १०, २०७९ मंगलबार ११:८, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दिइएको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .