चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ।
खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो सोमबार नदीमा हाम फालेका थिए।
सो बारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करीब १ किलोमिटर तल नदीको बीचबाट जिवितै उद्धार गरेको हो।
उद्धार पश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ।
96
Shares
प्रतिक्रिया