ad ad

समाज


बालकको हत्या गरेको आरोपमा दम्पती पक्राउ

बालकको हत्या गरेको आरोपमा दम्पती पक्राउ

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १४:५१, काठमाडौँ

मोरङको सुनवर्सी नगरपालिका-१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन्।

सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केपछि फर्किएका थिएनन्। 

आफन्तले खोजतलासका क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको सूचना फागुन १७ गते प्रहरीमा पुगेको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय रङ्गेलीको प्रहरी टोली उक्त स्थानमा गएर उत्खनन गर्दा बालकको शव फेला परेको थियो।

बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसँगै अनुसन्धानको क्रममा पासवान दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।

बालकको हत्याको आरोपमा पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .