ad ad

समाज


कतारकी राजकुमारी र निर्मल पूर्जालाई म्याग्दीको गाउँमा भव्य स्वागत

कतारकी राजकुमारी र निर्मल पूर्जालाई म्याग्दीको गाउँमा भव्य स्वागत

म्याग्दी गाउँमा निर्मल पूर्जा र कतारकी राजकुमारीको स्वागत गरिँदै। तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २२, २०७९ सोमबार १७:३१, पोखरा

पर्वतारोहणमा कीर्तिमान कायम गरेका म्याग्दी निर्मल पूर्जा ‘निम्स’ को अगुवाइमा कतारी राजकुमारी आस्मा अल थानीले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गर्ने भएकी छन्। 

हिमाल आरोहणका लागि राजकुमारी आस्मासहित निम्स म्याग्दी पुगेका छन्। 

निम्स म्याग्दीको अन्नपूर्ण ३,दानाका बासिन्दा हुन्। दानामा राजकुमारीसहित निम्सको भव्य स्वागत गरिएको वडाध्यक्ष रमेश पूर्जाले जानकारी दिए। 

उनका अनुसार विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्डसहित अन्य विभिन्न किर्तिमानीपछि पहिलोपटक जन्मभूमि दाना पुगेका पूर्जालाई स्थानीयबासीले पञ्चेबाजासहित भब्य स्वागत गरेका हुन्। 

उनले कतारकी राजकुमारीको भ्रमण र आरोहणले अन्नपूर्ण क्षेत्रको थप प्रचार हुने धारणा राखे। 

कतारी राजकुमारीको आरोहण दलको नेतृत्व गरेको निम्सको टोली दुई दिन दानामै बस्ने र छिमेकी नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालतर्फ जाने कार्यक्रम तय भएको छ। 

पूर्जाको नेतृत्वमा रहने आरोहण दलले यही मार्चभित्र टाकुरामा पुग्ने लक्ष्य लिएको छ। 

आफ्नो सम्मानमा उर्लिएर आएका गाउँलेहरुलाई  निम्सले सम्मानमा उर्लिएको समुदायलाई उनले दानाको शिक्षा, स्वास्थ्यसहित समुदायको आवश्यकतामा आधारित योजनामा सघाउने वचन दिएका छन्। 

‘कीर्तिमानी पूर्जाको बाल्यकाल दानामै बितेको थियो, दानामा जन्मिएको यूवा अहिले विश्वभर लोकप्रिय  हुनुहुन्छ’ वडाध्यक्ष पूर्जाले भने,‘ आफ्नो जन्मभूमिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

पूर्जाले विश्वका अग्ला हिमाल आरोहणको सुरुवात अन्नपूर्ण अन्नपूर्ण हिमालबाटै सुरु गरेका थिए। म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा गरेका थिए। 

अग्ला हिमाललाई घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटमा सगरमाथादेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका छन्। 

पूर्जाले अंग्रेजी बर्ष  २०१७ मे २७ गते  ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन्। 

यता, कतारी राजकुमारीले. पनि निम्सको जस्तै सगरमाथा, धौलागिरि, कञ्चनजंघा, ल्होत्से, आमादम्लम, मनास्लु, केटु लगायतका हिमाल आरोहण गरेकी छन्। 

अन्नपूर्ण प्रथम ८ हजारभन्दा अग्ला हिमाल आरोहणको इतिहास सुरु भएको ठाउँ हो। सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लचेनलले त्यो हिमालको आरोहण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .