समाज


नेपालमा पहिलोपटक ‘महिला स्वास्थ्य सम्मेलन’ हुँदै

नेपालमा पहिलोपटक ‘महिला स्वास्थ्य सम्मेलन’ हुँदै

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १३:०, काठमाडौँ

नेपालमा पहिलोपटक ‘महिला स्वास्थ्य सम्मेलन’ हुने भएको छ। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा दुईदिने ‘महिला स्वास्थ्य सम्मेलन हुनलागेको हो। 

२४ र २५  फागुनमा हुने ‘महिला स्वास्थ्य सम्मेलन’ बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने महाशाखाले जनाएको छ। 

सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू हुनेछन् ।

यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती हुनेछ।

कुल ८५ कार्यपत्रहरू पेश हुने यस दुई दिने सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवम् विज्ञ व्यक्तित्वहरूको सहभागिता हुनेछ।

महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु यस सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।

साथै महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त तुल्याउन आवश्यक तत्वहरु अनुसन्धान, क्षमता अभिवृद्धि, नीति निर्माण र पैरवी, बीचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस सम्मेलनको अर्को उद्धेश्य हो ।

सम्मेलनमा अस्ट्रेलिया, जर्मनी र नर्वेका राजदूतको पनि सहभागिता रहनेछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले महिला स्वास्थ्य सम्मेलनले पोषणमा ध्यान दिन जोड पुग्ने बताए ।

विगत र अहिलेका रोगको फरक रहेको तथा सही समयमा सम्मेलन आयोजना हुन लागेकाले यसले स्वास्थ्य क्षेत्रको नीतिनिर्माणमा सहयोग पुग्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .