ad ad

समाज


पत्रकार धामीलाई नेविसंघ कार्यकर्ताको धम्की, कारबाही गर्न माग

पत्रकार धामीलाई नेविसंघ कार्यकर्ताको धम्की, कारबाही गर्न माग

नेपालखबर
चैत ९, २०७९ बिहिबार १५:६, काठमाडौँ

धनगढीः धनगढीका पत्रकार टेकसिंह धामीलाई नेविसंघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन्।

पत्रकार धामीलाई आफूलाई नेविसंघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन्।

धामीले लेखेको समाचारको विषयलाई लिएर समाचार किन लेखिस्? तेरा हातखुट्टा भाँचिदिने भन्दै अवस्थीले धम्क्याएका हुुन्।

‘नेविसंघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस्? टाउको फुटालिदिन्छु। अब हिसाबकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन्।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रति पत्रकारका विभिन्न संगठनहरुले ध्यानाकर्षण भएको जनाउँदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। 

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी, प्रेस चौतारी नेपाल कैलाली र नेपाल प्रेस युनियन कैलालीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारमा असहमति भए कानूनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भर्त्सना गर्दै कारवाहीको माग गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .