नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन्।
बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरुलाई पहिलोको पछाडि दाडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन्।
उनले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताए। उनले बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरैकुरा सिक्न बाँकी छ भन्नेकुराका सिकाउन जरुरी रहेको बताए।
महामन्त्री थापाले भने, ‘दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनु पर्छ। सधैँ दौडेर फस्र्ट हुनुपर्छ भनेर सिकाउनु भएन। पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन। कहिले काहीँ सेकेण्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन। पहिलोको आशक्त बनाउनु भएन। काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो।’
महामन्त्री थापाले विद्यार्थीहरुले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताए।
Shares
प्रतिक्रिया