ad ad

समाज


न्यायाधीश गिरीकी पत्नी आरती सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ

न्यायाधीश गिरीकी पत्नी आरती सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ

न्यायाधीश भुवन गिरी


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १९:७, काठमाडौँ

वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन्। 

सरकारी कागज किर्ते मुद्दामा फरार उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार नेपालगन्जबाट पक्राउ गरेको हो।

बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयसम्म फरार थिइन्। 

रावललाई सोमबार अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

आरतीले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी छन्। 

कपिलवस्तु अदालतमा रहेका गिरी काज सरूवा मिलाएर न्याय परिषद काठमाडौंमा गएको समयमा एक साताअघि पक्राउ परेको थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .