ad ad

समाज


महानगरको चेतावनीपछि काठमाडौंका ४६५ स्कुलले बुझाए छात्रवृत्ति विवरण

नबुझाउनेलाई एक लाखसम्म जरिबान तिराउने तयारी
महानगरको चेतावनीपछि काठमाडौंका ४६५ स्कुलले बुझाए छात्रवृत्ति विवरण

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १८:३१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको क्षेत्र भित्रका ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन्। 

महानगरभित्रका ५०४ निजी विद्यालयमध्ये यतिका संख्याले छात्रवृत्ति विवरण बुझाएका हुन्। 

महानगर प्रमुख बालेन्द्र शाहले महानगरको इतिहासमा यस्तो पहिलो पटक भएको दाबी गरेका छन्। 

महानगरको पहलबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीहरूले विभिन्न छात्रवृत्ति प्राप्त गरेका उनले बताए। 

अब महानगरले प्राप्त विवरणमाथि निरीक्षण गरी सबै विद्यालको सूची प्रकाशित गर्ने भएको छ।

अब विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक मौका दिइने शाहले बताएका छन्। 

‘त्सपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ’, उनले भनेका छन्। 

यसबाट कानुन निर्माण र कार्यान्वयनको राम्रो अभ्यास भएको शाहले दाबी गरेका छन्। 

‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन्,’ उनले भनेका छन्, ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .