ad ad

समाज


ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो महानगरको टोली

नेपालखबर
असार १७, २०८० आइतबार १४:५६, काठमाडौँ

ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौं महानगरपालिकाको टोली बालुवाटार पुगेको छ। 

महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो। 

उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ। 

ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए। 

‘ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न  घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो। त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .