कोशी प्रदेशको तराईमा भीषण वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार कोशी प्रदेशको तराई क्षेत्रमा व्यापक वर्षा भइरहेको हो।
‘कोशीको तराईमा ६/७ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ’, बिहीबार बिहान ७ बजेतिर उनले भनिन्, ‘अझै २/३ घण्टा जारी रहने सम्भावना छ।’
मौसमविद् मानन्धरका अनुसार यतिबेला कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ।
117
Shares
प्रतिक्रिया