रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
इन्जिनियर यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा असार २० गते नियन्त्रणमा लिएको थियो।
इन्जिनियर यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) को कसुर भएको ठहर गर्दै अख्तियारले यादवलाई बिगो ४५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ।
Shares
प्रतिक्रिया