ad ad

समाज


पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८० शुक्रबार ८:११, ताप्लेजुङ

गए राति गएको पहिरोको कारण मेची राजमार्ग अवरुद्ध बनेको छ।

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको हो। वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ।

खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए। आज (शुक्रबार) बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ।
 

‘ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ,’ उनले भने, ‘सम्भवत आजै यातायात सञ्चालनमा आउन सक्छ।’

सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .