ad ad

समाज


महानगरपालिकाले जैविक औषधि प्रयोग गरेर लामखुट्टे नष्ट गर्छ : मेयर बालेन

महानगरपालिकाले जैविक औषधि प्रयोग गरेर लामखुट्टे नष्ट गर्छ : मेयर बालेन

नेपालखबर
भदौ ५, २०८० मंगलबार १३:५५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ। 

महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए।

‘यो औषधि जैविक हो। यसले लामखुट्टे तथा त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन,’ उनले भने, ‘औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मार्ने छ।’

सामाजिक सञ्जालमार्फत मेयर बालेनले लेखेका छन्, ‘यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्छ। यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ। औषधिले डेङ्गुसहित, फिलारिया, औलो ९मलेरिया०, चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ।’  

महानगरपालिकाले डेंगु रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन सेवासमेत सञ्चालनमा ल्याएका छ। 

११८० मा फोन गरे चौबिसै घण्टा यो सेवा लिन सकिने महानगरपालिकाले जनाएको छ।

अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवनजललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको महानगर प्रमुख शाहले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .