मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रणलाई प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन्।
यसका लागि धमाधम पशुलाई यो रोगविरुद्ध खोपसहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन्।
धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। गत साउन ३२ गतेसम्म २८ हजार नौ सय ९५ पशुमा खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ।
यसमध्ये प्रदेश सरकारबाट सात हजार नौ सय ९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको पनि उनले बताए।
जिल्लामा २९ हजार चार सय ४६ गाई तथा गोरु र एक सय ३४ भैँसी तथा रागा लम्पी स्किनबाट सङ्क्रमित भएका छन्। तीमध्ये छ सय ८० गाई तथा गोरु मरेका छन्।
धनुषामा सुरुमा आक्रमकरूपमा फैलिए पनि हाल रोग करिब नियन्त्रणमा आएको केन्द्रले जनाएको छ।
लम्पी स्किनको सङ्क्रमणपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने र खुट्टा सुनिने गरेको छ। यसले गर्दा दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने गरेको किसानले बताएका छन्। रासस
Shares
प्रतिक्रिया