समाज


त्रिशूलीमा बस दुर्घटना : घाइतेमध्ये १५ जनालाई काठमाडौं पठाइयो

त्रिशूलीमा बस दुर्घटना :  घाइतेमध्ये १५ जनालाई काठमाडौं पठाइयो

दुर्घटनापछि त्रिशूलीमा खसेको बस। तस्बिर : नेपालखबर


सुनिता विष्ट
भदौ ६, २०८० बुधबार १२:४३, हेटौंडा

काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार (आज) बिहान त्रिशूली नदीमा खस्दा कम्तीमा पनि ८ जना यात्रुको ज्यान गएको छ।

दुर्घटनापछि ६ जनाको घटनास्थलमै र अन्य २ जनाको गजुरीस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बसमा कम्तीमा पनि २५ देखि ३० जना सवार रहेको बताइएको छ।

दुर्घटनापछि घाइते भएका अन्य १५ जनालाई काठमाडौंको शिक्षण अस्पताल पठाइएको गजुरी गाउँपलिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको उक्त बस धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो।  

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सवा ११ बजेतिर नदीमा खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .