ad ad

समाज


दरबार हाइ स्कुलमा रोवोटिक्स, एआई र कोडिङ् कक्षा सुरु

दरबार हाइ स्कुलमा रोवोटिक्स, एआई र कोडिङ् कक्षा सुरु

नेपालखबर
भदौ ८, २०८० शुक्रबार २०:११, काठमाडौँ

दरबार हाइ स्कुलअन्तर्गत भानु मा.विमा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन्।

कक्षाका लागि बितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो।

महानगरले सञ्चालन गर्दै आएको बुक फ्रि फ्राइडे अन्तर्गत कक्षा सञ्चालन गरेको हो। 

आज विद्यालयमा नाट्यशाला सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन भएको थियो। अर्को हप्ताबाट नाट्यशालाका कक्षाहरु सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।

सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो। यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो।

विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो। यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ। विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन्।

महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन्। उनीहरूको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ।

रोबोटिक्स, कृतिम बौद्धिकता ९एआई० र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ। यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ।

कोडिङ्को आधार स्क्याच कोडिङ् हो। 

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ।  

महानगरको बुक फ्रि फ्राइडेअन्तर्ग आज सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्र स्तरमा डेंगी शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार नै सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको दोस्रो सत्र सञ्चालनको तयारी रहेको महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .