ad ad

समाज


काठमाडौं महानगर क्षेत्रमा आज सार्वजनिक बिदा

काठमाडौं महानगर क्षेत्रमा आज सार्वजनिक बिदा

नेपालखबर
भदौ १५, २०८० शुक्रबार ७:४६, काठमाडौँ

काठमाडौं महानगरपालिले आफ्नो क्षेत्रभित्र आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।

काठमाडौं उपत्यकामा मनाइने सापारु र रोपाइँ जात्रा पर्वलाई लक्षित गरी आज काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो। 

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नगर क्षेत्रमा सापारु र रोपाइँ जात्रा मनाउने प्रचलन अनुसार उक्त परंपरालाई निरन्तरता दिनको लागि महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिए। 

बिदाको कारण आज महानगरपालिका मातहतका कार्यालय बन्द रहनेछन्। महानगर क्षेत्रका सरकारी विद्यालयले आज बिदा दिएपनि कतिपय निजी विद्यालयले भने पढाई र आन्तरिक परीक्षा सञ्चालन गर्ने जनाएका छन्। 

काठमाडौँ महानगरपालिकाको बिदा महानगर क्षेत्रमा रहेका संघीय कार्यालयहरुमा भने लागू हुँदैन। 

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगर कार्यालयसहित सबै वडा कार्यालय‚ विद्यालय, महानगरले सञ्चालन गरेका सहकारी र विभागलगायतमा बिदा लागू हुनेछ।


 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .