युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु वीर अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वकीय सचिव रोशन राईले मन्त्री लिम्बुलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरिदिएको जानकारी दिए।
मन्त्री लिम्बु डेंगीको उपचारका लागि गत शनिबारदेखि अस्पताल भर्ना भएका थिए। पूर्ण स्वास्थ्य भएकाले उनलाई अस्पतालले डिस्चार्ज दिएको हो।
नियमित कामका लागि मन्त्री लिम्बु एक सातापछि मात्रै मन्त्रालय उपस्थित हुने भएका छन्। चिकित्सकले उनलाई एक सातासम्म आराम गर्न सल्लाह दिएका छन्।
93
Shares
प्रतिक्रिया