कला


काठमाडौं कलिङ साहित्य महोत्सवको पहिलो दिन, हेर्नुहोस् १५ तस्बिरमा

काठमाडौं कलिङ साहित्य महोत्सवको पहिलो दिन, हेर्नुहोस् १५ तस्बिरमा

सरोज बैजु
भदौ १५, २०८० शुक्रबार १८:५४, काठमाडौँ

काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आज (शुक्रबार)बाट सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सव परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरे।

महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री एनपी साउदले नेपाल सरकारको तर्फबाट स्वागत गरे।

काठमाडौंको होटल हिमालयमा सुरु साहित्य महोत्सवमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायतका देशबाट ५० जनाभन्दा धेरै साहित्यकार तथा कथाकारको सहभागिता रहेको आयोजकले जनाएका छन्।

नेपालका २ सय भन्दा धेरै कवि, लेखक तथा साहित्यकारहरु यो महोत्सवमा सहभागी हुनेछन्।

कार्यक्रममा ६० भन्दा धेरै सेसन चल्ने कार्यक्रम निर्देशक रञ्जना निरौलाले जानकारी दिइन्।

महोत्सवमा कविता, गीत, गजल, नृत्य प्रस्तुत हुनेछन्। विभिन्न समसामयिक विषयमा विचार विमर्श हुने छ। सूर्य नेपाल र एलआइसी नेपालको मुख्य प्रायोजन गरेको ‘काठमाडौं- कलिङ साहित्य महोत्सव’को यो दोस्रो संस्करण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .