डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार अमरगढी नगरपालिका–१ स्याउलेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मोटरसाइकल चालक बैतडीको पाटन नगरपालिका–१ का ५८ वर्षीय खगेन्द्र पन्तको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
पन्त सवार से.५ प. २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मंगलबार बिहान दुर्घटनामा परेको हो।
स्याउलेबाट बागबजारतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर सडक छेउ नजिकै रहेको कल्भर्ड बनाउनको लागि खनेको खाल्डोमा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
90
Shares
प्रतिक्रिया