ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८० मंगलबार ८:३१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भैरहेको बेला प्रधानमन्त्री प्रचण्डले आकस्मिक क्याबिनेट बैठक बोलाएका हुन्।

‘प्रधानमन्त्रीले आकस्मिक क्याबिनेट बैठक बोलाएपछि हामी निर्णय कुरिरहेका छौँ, नेम्वाङ सचिवालय नेपालखबरसँग भन्यो। 

स्रोतका अनुसार संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न क्याबिनेटको आकस्मिक बैठक बस्ने तयरी भएको हो। 

मन्त्रिपरिषद् बैठक बिहान १० बजे बस्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए। 

नियमित मन्त्रीपरिषदको बैठक भने मंगलबार साँझ ५ बजे बस्दैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .