ad ad

समाज


यी हुन् सरकारले नखानु भनेका १०३ प्रकारका एन्टीबायोटिक औषधि (सूचीसहित)

यी हुन् सरकारले नखानु भनेका १०३ प्रकारका एन्टीबायोटिक औषधि (सूचीसहित)

नेपालखबर
असोज २, २०८० मंगलबार ८:२२, काठमाडौँ

औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टीबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ। 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट सूचिकृत सिफारिस नगरिएका तर, नेपालमा प्रयोग हुँदै आएका एक सय तीन प्रकारका एन्टीबायोटिकको प्रयोग गर्न आग्रह गरेका हुन्। 

प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि ती औषधिको प्रयोगलाई निरुत्सहित गरिएको विभागले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पनि ती औषधि प्रयोगका लागि सिफारिस गरेको छैन। 

महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण, पैठारी र प्रयोग नगर्न नगराउन निर्देशन दिएको बताए। 

यी हुन् सरकारले प्रतिबन्ध लगाएका १०३ प्रकारका एन्टीबायोटिक औषधि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .