ad ad

समाज


जापान पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जना पक्राउ

जापान पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जना पक्राउ

नेपालखबर
असोज २, २०८० मंगलबार १४:५८, काठमाडौँ

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै दुई लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ स्थाई घर भई हाल काठमाडौंको घट्टेकुलो बस्ने वर्ष ४५ को राजकुमार गुरुङ  र सुनसरीको ईटहरी उपमहानगरपालिका–१९ स्थाई घर भई हाल घट्टेकुलो बस्ने वर्ष २८ को उदय गुरुङ रहेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार राजकुमार गुरुङ समेतले टेकप्रसाद गौतमलाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु, त्यसको लागि रु. १५ लाख रुपैयाँ मात्र लाग्छ, जापान पुगेपछि कुकमा काम लगाइदिन्छु, मासिक रु एक लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाएका थिए।

प्रलोभनमा पारेर उनले पीडितबाट पटकपटक गरी जम्मा रु २ लाख ७० हजार रुपैयाँ मात्र रकम लिई सम्पर्कविहीन भई ठगी गरेका थिए।

सो सम्बन्धमा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राजकुमार गुरुङ समेतको खोजतलास गर्ने क्रममा सोमबार घट्टेकुलोबाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .