चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धार्मिक स्थल मानसरोवर र कैलाश पर्वत पुगेका छन्। चीनको तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवर दर्शनका लागि बिहीबार दिउँसो भ्रमण टोलीसहित उनी त्यहाँ पुगेका हुन्।
प्रचण्ड बुधबार (१० असोज) मा तिब्बतको राजधानी ल्हासा पुगेका थिए।
चीनको हाङ्जाओमा आयोजित एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन गत असोज ६ गते प्रचण्ड चीन पुगेका थिए।
उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका तय छ।
तस्बिरहरू:
717
Shares
प्रतिक्रिया