ad ad

समाज


माउन्टेन फ्लाइटमा गएको श्रीको जहाजमा समस्या, काठमाडौं नै फर्काइयो

माउन्टेन फ्लाइटमा गएको श्रीको जहाजमा समस्या, काठमाडौं नै फर्काइयो

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार ११:४४, काठमाडौँ

माउन्टेन फ्लाइटका लागि काठमाडौँबाट ४२ जना यात्रु लिएर उडेको श्री एयरको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको छ। 

जहाजमा प्राविधिक समस्या आएपछि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हाे। 

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आई उडान त्रिभुवन विमानस्थलमै फिर्ता आएको बताए। 

 जहाज उडेको केही बेरमै बाँयातर्फको इञ्जिनमा समस्या आएको बताइएको छ। विमानस्थलका अनुसार जहाजलाई लामो समय आकाश उडाएर इन्धन खालि भएपछि विमानस्थलमा अवतरण गराइएको  छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले इन्धन लिकेजको समस्या भनिए पनि सजिलै अवतरण गरिएको बताए। उनले अवतरण गर्दा सुरक्षाको पूर्ण व्यवस्था गरिएको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .