ad ad

समाज


बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

फाइल तस्बिर : गत मंगलबार गएको भूकम्पबाट बझाङमा भएको क्षति।


नेपालखबर
असोज २०, २०८० शनिबार १२:२०, काठमाडौँ

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

यस विषयमा विस्तृत विवरण आइसकेको छैन।

यसअघि बिहीबार राति मात्र बझाङ नै केन्द्रबिन्दु दुईपटक भूकम्प गएको थियो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहीबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ र १२ :२३ बजे ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। 

यस्तै यसअघि गत मंगलबार पनि बझाङ नै केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको थियो। 

उक्त भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। यस्तै सयौँ घरमा क्षति पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .