भक्तपुरको नगरकोटमा स्कुटरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-१ नगरकोटमा बिहीबार बा ६९ प। ९१० नम्बरको स्कुटरले ठक्कर दिँदा सोही ठाउँकी ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी धुगुछुको डा. इवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनापछि स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका-४ का ३६ वर्षीय यम खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
63
Shares
प्रतिक्रिया