ad ad

समाज


अस्ट्रेलियाका नेपाली व्यवसायी शाहलाई ‘प्रभावशाली युवा उद्यमी अवार्ड’

अस्ट्रेलियाका नेपाली व्यवसायी शाहलाई ‘प्रभावशाली युवा उद्यमी अवार्ड’

नेपालखबर
असोज ३०, २०८० मंगलबार २०:३०, काठमाडौँ

अष्ट्रेलियाको ब्रिस्बेनमा रहेर व्यवसाय क्षेत्रमा सफलता प्राप्त गरेका स्वतन्त्र प्रताप शाह ‘प्रभावशाली युवा उद्यमी अवार्ड’बाट सम्मानित भएका छन्।

व्यवसायी शाहलाई एनआरएनए युवा नेतृत्वको समयमा नेपालमा समाजिक सेवामा पुर्याएको अतुलनीय योगदान तथा व्यवसायिक क्षेत्रमा प्राप्त गरेको सफलताको लागि एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गतको प्रभावशाली युवा उद्यमी अवार्ड प्रदान गरिएको हो।

रोयल हेरिटेज रियल इस्टेट क्विन्सल्याण्डका निर्देशक, एम्पायर इन्टरनेसनल एजुकेशन एण्ड भिसा सर्भिसका निर्देशक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त अवार्ड प्रदान गरेका हुन्।

अष्ट्रेलियाको ब्रिस्बेनमा रहेका नेपाली व्यवसायिक उद्यमी शाहलाई नेपाल सरकारले सन् २०१६ को जुलाईदेखि जुलाई २०१८ सम्म क्विन्सल्याण्डका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधिको रूपमा नियुक्त गरेको थियो।

हाल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष शाहले एनआरएनए गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष पनि हुन्।

नेपालमा भूकम्पका बेला एनआरएनए लजिस्टिक टोलीका संयोजक, भूकम्पका बेला नेपालमा एनआरएनए स्वयंसेवकको जिम्मेवारी सम्हालेका उनले राहत वितरण र आश्रय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

शाह बिगत डेढ दशकदेखि अष्ट्रेलियामा विभिन्न व्यवसायसँगै एनआरएन अभियन्ताका रुपमा सक्रिय छन्। मोडलिङसँगै फिल्मी क्षेत्रमा पनि शाह सक्रिय छन्। उनले दुई वटा नेपाली चलचित्रमा नायकको भूमिका समेत निर्बाह गरेका छन्। शाह शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छन्।

उनले २०२३–०२५को लागि सचिव पदमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .