ad ad

समाज


वीरगन्जबाट काठमाडौँ जाँदै गरेको टाटासुमो मकवानपुरमा पल्टिँदा १३ जना घाइते

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको टाटासुमो मकवानपुरमा पल्टिँदा १३ जना घाइते

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार ९:१९, मकवानपुर

मकवानपुरको इन्द्रसरोबरमा भारतीय तिर्थयात्रु सवार गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। 

नेपाल घुम्न आएका भारतीय तीर्थयात्रु सवार मधेस प्र.०३-००१ज०२८३ नम्बरको टाटासुमो आफैँ अनियन्त्रित भई पल्टिँदा १३ जना भारतीय नागरिक घाइते भएका प्रहरीले जनाएको छ। 

इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ सडक खण्डमा आज बिहान साढे ३ बजे टाटासुमो दुर्घटनामा परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

भारतीय तिर्थयात्रु वीरगञ्जबाट काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। टाटासुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको छ। 

गाडी चालक बाराको कलैया नगरपालिका–२१ बस्ने २५ वर्षीय अनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। दुर्घटनाका सबै घाइतेलाई उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .