ad ad

समाज


पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १४:३९, काठमाडौँ

सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

साथै, पोर्चुगलमा सनिल नेपाललाई राजदूत बनाएर पठाउने निर्णय भएको पनि प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बताइन्।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो। 

तर, सो निर्णय सार्वजनिक भएको थिएन। आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता शर्माले बताएकी छिन्।

हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .