समाज


सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १६:१, काठमाडौँ

न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तिका लागि सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनील पोखरेल, बालकृष्ण ढकाललाई न्यायाधीशमा नियुक्तिका सिफारिस गरेको हो।

सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन्। पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्। 

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि ६ जनाको मात्र नाम सिफारिस भएको हो।

अब उनीहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेछन्। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकमा सोमबार र मंगलबार दिनभर छलफल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .