ad ad

समाज


११ दिन हिरासत बसेर छुटे आचार्य श्रीनिवास

११ दिन हिरासत बसेर छुटे आचार्य श्रीनिवास

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १९:४१, काठमाडौँ

आफूलाई युवासन्त र धर्मगुरु बताउने आचार्य श्रीनिवास हिरासतबाट रिहा भएका छन्। 

मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ परेका थिए। प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए। 

उनीसहित प्रहरीले सो अभियानबाट १७ जनालाई दुई दिनमा पक्राउ गरेको थियो। पक्राउ परेका सबै हिरासतबाट छुटेको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का अध्यक्षमण्डल अध्यक्ष एवं संगठन विभाग प्रमुख हरि कार्कीले जानकारी दिए। 

प्रहरीले १७ जनाविरुद्ध नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको थियो। श्रीनिवाससँगै प्रहरीले अन्य तीनजनालाई शुक्रबार (आज) रिहा गरेको हो। 

अन्यलाई यसअघि नै विभिन्न समयमा रिहा गरिएको थियो।

श्रीनिवासले आफूलाई हिरासतमा राख्दा राम्रो व्यवहार गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन्।

उनले हिरासतभित्रै दुई तीन सय हनुमान चालिसा बाँडेको र बिहान बेलुकी धार्मिक प्रवचन समेत दिएको रिहाइपछि सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदै बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .