ad ad

समाज


मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग

मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : आयोग

नेपालखबर
मंसिर २३, २०८० शनिबार १७:४२, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गरेका छन्।

मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुनेगरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई उनले आग्रह गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित ११ औं नेपाल मानव अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गरे।

अध्यक्ष मगरले भने, ‘फिल्मले हाम्रो ह्यूमन राईटस्लाई प्रोटेक्ट गर्न, प्रमोट गर्न र अवारनेश गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्छ। जस्तो हामीले राष्ट्रिय मानव अधिकार आयोगले पनि सहकार्य गरेर फिल्मको माध्यमद्धारा कसरी जान सकिन्छ ? भन्ने कुराहरुमा हामी अघि बढिराखेका छौं। विगतमा पनि साथ दिएका छौं। पछि पनि साथ दिँदै जानेछौ।’
जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवर्द्धन गर्न सिकाउने माध्याम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरुले जोड दिएको उहाँको भनाई थियो।

उनले भने, ‘सोसाइटीले ह्युमन राईटस प्रोट्रेक्टका लागि रोल खेलिराखेको हुन्छ भन्ने मैले राख्न चाहे। किनभने सबै राईटसहरु ह्युमन राईट्स हुन्। फिल्मबाट ह्युमन राईटस प्रोटेक्ट गर्नका लागि प्रभावकारी हुन सक्छ भन्ने बारेमा हामी लागि परेका छौं। धेरै कुराहरु छन्। त्यसलाई एजुकेटेड गर्नुपर्नेछ। त्यसका लागि फिल्म मेकरहरुले ह्युमन राईट्स प्रोटेक्शनका लागि फिल्महरु बनाउन सक्यो भने तल्लो तहसम्म ह्युमन राईटस्बारे एजुकेट गर्न सकिन्छ।’

अध्यक्ष मगरले सबै अधिकारहरु मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .